लोड हुँदैछ...

मेनु

मोरङमा एक जनाको आरडिटी पोजेटिभ, कोशीको आइसोलेसनमा भर्ना

मोरङमा एक जनाको आरडिटी पोजेटिभ, कोशीको आइसोलेसनमा भर्ना

विराटनगर । र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) मा मोरङको बुढिगंगाकी एक युवतिमा पनि कोरोना भाइरसको एण्टीबडी पोजेटिभ देखिएको छ ।

भारतको बैङ्लोरबाट एक महिना अगाडि घर आएकी युवतिकोे बिहीबार आरडिटी गर्दा पोजेटिभ देखिएको हो ।

बुढिगंगा–१ यादव टोल बस्ने उनको सामुदायिक स्वास्थ्य केन्द्रमा गरिएको आरडीटी परीक्षणका क्रममा एण्टीबडी पोजेटिभ भेटिएको गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत डम्बरुबल्लब बरालले जानकारी दिनुभयो । उनको आरडिटी पोजेटिभ देखिएपछि उनलाई कोशी अस्पतालको आइसोलेसनमा लैजाने तयारी गरिएको वडा नं. १ का वडाध्यक्ष युवराज पौडेलले जानकारी दिनुभएको छ ।

उनी अध्ययनको लागि बैंगलोरमा बस्दै आएको बताइएको छ। ब्याच्लर तहमा अध्ययन गर्ने उनी कोरोनाको जोखिम बढेपछि सरकारले लकडाउन घोषणा गरेकै दिन उनी घर फर्किएको स्थानीयले जानकारी दिएका छन् ।

ती युवतीको थप परीक्षणपछि मात्र कोरोना भए नभएको यकिन हुने छ । उनको स्वाब कोसी अस्पतालमा पिसिआर बिधिबाट परीक्षण हुनेछ । उनीसँगै आएकी अर्की युवतिको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रदेश १ मा यसअघि बुधबार झापाको हल्दिबारीका युवकको आरडिटी परीक्षणमा पोजेटिभ देखिएको थियो । बिहीबार उनको स्वाव कोशी अस्पतालमा पिसिआर प्रबिधिबाट परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ ।

आरडीटीमा पोजिटिभ हुनेबित्तिकै स्वाब परीक्षणको परिणाम पनि पोजिटिभ नहुने यसअघि देखिसकेको छ । चिकित्सकहरुका अनुसार पहिले कोरोनाको संक्रमण भएको र रोग प्रतिरोध क्षमताको कारण त्यसलाई परास्त गरेकाहरुको रगत परीक्षणमा आरडिटी पोजेटिभ देखिन्छ ।

पछिल्लो पटक र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा कैलालीकी एक महिलाको नेगेटिभ रिपोर्ट आएकोमा पिसिआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ मंगलबार सप्तरीसहित विभिन्न जिल्लाका ६ जनामा आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएकोमा पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।