छोराहरुले हत्या गरी बाबुलाई खाटमुनी पुरे, बुहारीका कारण खुल्यो रहश्य

विराटनगर । विराटनगरमा बुधबार आफ्नै घरभित्र गाडिएको अवस्थामा फेला परेका सिताराम चौहानको उनकै दुई छोराले मिलेर हत्या गरेको खुलेको छ ।

बुधबार साँझ घरभित्र खाटमुनीको जमिन उत्खनन निकालिएको सितारामलाई हत्या गर्ने उनकै दुई छोरालाई प्रहरीले नियन्त्रणमा लिएर बिहीबार सार्वजनिक गरेको छ ।

विराटनगर – १४ झटियाही ५९ वर्षका चौहानको हत्यामा जोठो छोरा २९ वर्षीय रोहित र माइलो छोरा २६ वर्षीय नागेन्द्र चौहानको संलग्नता रहेको प्रहरीले जनाएको छ । रक्सी खाएको सुरुमा जेठ ३ गते नै बाबुको हत्या गरेपछि घटना लुकाउन उनीहरुले खाटमुनी खाल्डो खनेर पुरेको पाइएको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।

प्रहरीा अनुसार शनिबार राति करिब ८ बजे मदिरा सेवन गरी घर पुगेका दुई छोराले बुबालाई कोदालो प्रहार गरी हत्या गरेका थिए । मदजुरी गर्ने छोराहरुले सो दिन रक्सी सेवन गरेर आएपछि बाबुले पैसा मागेका थिए । उनीहरले पैसा खर्च भइसक्यो भनेपछि रक्सी खानेलाई घरमा बस्न दिन्न भन्दै सीतारामले धकेलेका थिए ।

प्रहरीका अनुसार पैसा नपाएपछि सितारामले दुबै छोरालाई गाली गर्दै आपूmसँग सुत्न आएको रोहितलाई खाटबाट लडाइदिएका थिए । त्यसपछि रोहितले कोदाले टिपेर बुबाको टाउकोमा प्रहार गरेको र पुनः नागेन्द्रले पनि कोदालो प्रहार गर्दा सीतारामको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाबुको हत्यामै प्रयोग गरेको फरुवाले खाल्डो खनेर शव पुरेको प्रहरीले जनाएको छ । आइतबार राति ९ बजे आसपासमा हत्या गरेर शव उनीहरु विहान गाडेका थिए ।

घटनापछि बजारमा बस्ने नागेन्द्र कोठामा गएका थिए भने रोहित घरकै बरण्डामा सुतेका थिए । घरबाहिर शव लैजाँदा अरुले थाहा पाउने भन्दै उनीहरुले शव भित्रै छाडेका थिए । आइतबार बिहानै रोहितले डेराबाट बोलाएर खाल्डो खनेर बाबुको शव पुरेका थिए । शव पुरेपछि दुई दाजुभाईले बाहिर निस्केर मदिरा सेवन गरेका थिए ।

बुहारीको सहयोगले खुल्यो रहस्य
बाबुको हत्यापछि नागेन्द्रले श्रीमतिलाई बाबुको हत्या गरेको बताएका थिए । तर, पछि उनले मदिराको सुरमा जिस्केको भन्दै टारेका थिए । खर्चका लागि बारम्बार आउने ससुार चार दिनदेखि नआएपछि बुहारीले ससुरालाई फोन गर्दा फोन अफ भएपछि घर गएको प्रहरीले जनाएको छ । त्यसपछि उनी आइतबार घर गएर हेर्दा लुगामा रगत लागेको देखेपछि श्रीमान नागेन्द्रलाई लिएर इलाका प्रहरी कार्यालय रानी पुगेकी थिइन् ।

सूचना पाएलगत्तै रानी र जिल्ला प्रहरी कार्यालय मोरङको टोली पुगेर खाल्डो उत्खनन गर्दा शव भेटिएको थियो । शव भेटिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएका दुई छोराले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

अविवाहित रहेका रोहित कर्कटपातको छानो भएको र काठले बनाएको एक तले घरमा बुवा बाबुसँगै बस्दै आएका थिए। प्रहरी घरमा पुग्दा केही बेरमा रक्सीले मातेर आइपुगेका उनलाई त्यतिबेलै प्रहरीले नियन्त्रणमा लिएको थियो। बाबुको हत्यामा भाईको पनि संलग्नता रहेको उनले बताएपछि नागेन्द्रलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

चौहानका तीन छोरामध्ये कान्छो छोरा सम्पर्कमा नभएको र श्रीमतिको पहिले नै मृत्यु भएको बताइएको छ । जेठो छोराले सँधै मापसे गरेर बाबुसँग झगडा गर्ने र माइलो छोरोले अन्तरजातीय विवाह गरेको भन्दै बाबुले गाली गर्ने गरेको खुलेको थियो ।

बिहिबार, ०८ जेठ, २०७७, साँझको ०५:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर