रवि लामिछानेलाई धरौटीमा छोड्न अदालतको आदेश

पोखरा । सूर्यदर्शन सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा छोड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले उनीसहित सातै जनालाई धरौटीमा छोड्न आदेश दिएको हो । आज सरकारी वकिलको जवाफी बहसपछि न्यायाधीशले आदेश दिएका हुन् । न्यायाधिवक्ता कमला काफ्ले र सहन्यायाधिवक्ता गोविन्दराज गौलीले जवाफी बहस गरे।

रविसहित पूर्वडिआईजी छविलाल जोशी, लिला पछाईं, रामबहादुर गुरुङ, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ र कृष्णबहादुर गुरुङलाई पनि धरौटीमा छोड्न आदेश दिएको हो ।

रवि गत कात्तिक २ र छविलाल असोज ६ गते पक्राउ गरेका थिए ।जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो । वकिल कार्यालयले १ करोड ५१ लाखभन्दा बढी विगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।

बिहिबार, २५ पुष, २०८१, साँझको ०६:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर