१२ कक्षा उत्तीर्ण विद्यार्थीहरूलाई सूचना प्रविधिको तालिम दिन्छौ : मुख्यमन्त्री

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदले संचालन गरेको तालिमले स्वदेश तथा विदेशका लागि आवश्यक दक्षजनशक्तिको माग धानिरहेको बताएका छन् ।

परिषदको पुनसंरचना सम्बन्धी उच्चस्तरीय कार्य टोलीद्वारा सोमबार विराटनगरमा आयोजित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको पुनसंचरनाः प्रदेशस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले परिषदले आवश्यक्तालाई ध्यानमा राखी आफ्ना कार्यक्रमलाई विविधिकरण गर्नु पर्ने सुझाव दिएका छन् ।

मुख्यमन्त्री कार्कीले तीन तहको सरकारबीचमा समन्वय हुने गरी आगामी ५० वर्षको लक्ष्य लिएर सोही अनुसार परिषद पुनसंरचना गर्नुपर्नेमा जोड दिए। उनले विद्यालय तथा विश्वविद्यालय तहको शिक्षाभन्दा फरक किसिमले सिटीईभिटीले कार्यक्रम ल्याउनु पर्ने धारणा ब्याक्त गरेका छन् ।
प्रदेशमा धार्मिक पर्यटन क्षेत्रको विकासबाट दुई छिमेकी मुलुकका पर्यटकहरुको आवागमन वृद्धि भई विदेशी मुद्रा आर्जन गर्न सक्ने हुनाले परिषदले यस सम्बन्धी जनशक्ति उत्पादन गर्ने गरि तालिम सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन् ।

उनले स्पष्ट रणनीति र कार्यनितिको अभावमा पछिल्लो दिनमा प्राविधिक शिक्षालयमा विद्यार्थीहरुको अभावमा ताला लगाउनु पर्ने अवस्थामा सिर्जना भएकोमा चिन्ता व्यक्त गर्दै यस विषयमा गहिरो छलफल गरी सार्थक निस्कर्षमा पुर्‍याउनु जरुरी रहेको धारणा ब्याक्त गरेका छन् । ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले १२ कक्षा उत्तीर्ण विद्यार्थीहरुलाई छ महिनाको सूचना प्रविधिको तालिम एवं ल्यापटप उपलबध गराई स्वरोजगार बनाउने कार्य अगाडि वढाइरहेको जानकारी दिए ।

विराटनगर महानगरपालिकाका प्रमख नागेश कोइरालाले स्थानीय पालिकासँग समन्वय कायम गरी परिषदले तालीम दिनुपर्ने सुझाव दिएका छन् ।नेपाल नगरपालिका सङ्घ कोशीका अध्यक्ष दिलप्रसाद राई र दुहवी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले प्राविधिक शिक्षालाई श्रम र उद्योग मन्त्रालयसँग जोड्न आग्रह गरेका छन् ।

परिषदका सदस्य सचिव इन्जिनियर मोहन भट्टराईले व्यवसायिक शिक्षाको विस्तार उद्योग वृद्धिको आधारमा हुनु जरुरी रहेको धारणा राखे ।प्रदेश योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले परिषदको विकेन्द्रीकरणगरी प्रदेश सरकारको नेतृत्वमा परिषद सञ्चालन गरेमा सङ्घीयताको सफल कार्यान्वय हुने सुझाव दिए ।

प्रदेशमा परिषदको आङ्गिक सात, सरकारी १५ र ५४ बटा नीजि प्राविधिक शिक्षालय सञ्चालनमा रहेको छ

सोमबार, ०३ मंसिर, २०८१, साँझको ०५:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर