विराटनगर । मोरङको कटहरी गाउँपालिका ४ का वडासचिब पुष्प बहादुर निरौला कार्यालयमा सुत्ने गरेको पाइएको छ । कार्यालय समयमा वडा सचिब निरौला दैनिक जसो सुत्ने गरेको पाइएको हो । यसरी वडा कार्यालयको कार्यकक्षमा सुत्दा सेवाप्रभाहमा समस्या भएको सेवाग्रहीले गुनासो छ ।
निरौला १० बजेपछि वडा कार्यालयमा आइपुग्छन् । कार्यालयमा आएर हाजिर गरेपछि आफ्नै कार्यकक्ष देखि राजस्व काटने कोठा र वडाअध्यक्षको कोठाको सोफामा सुत्ने गरेका छन् । वडाअध्यक्ष जिवनेश्वर यादव नभएको बेलामा कार्यकक्षमा सुत्ने गरेको सेवाग्राहीले बताएका छन् । ‘अन्य कोठामा सिसि टिभि रहेको छ । वडाअध्यक्षको कार्यकक्षमा सिसि टिभी छैन । तेही भएर वडाअध्यक्ष नभएपछि उनी सोफामा खुट्टा लढाएर सुत्ने गरेका छन् । सेवाग्राही आएपछि उठाएर सही गर्नुपर्ने अहिले अवस्था रहेको छ,’ एक जना सेवाग्राहीले भने, ‘जन्मदर्ता बनाउँन जादा वडासचिब वडाअध्यक्षको कार्यकक्षको सोफामा सुतिरहेका थिए । उहाँलाई उठाएर सहि गरेपछि मात्रै जन्मदर्तामा सहि गरिदिए ।’ यसरी वडा सचिब निरौलालाई कार्यालय समयमा नसुत्न पटक पटक भन्दा पनि सुनवाइ नहुने गरेको सेवाग्राही बताउँछन् ।
निरौला कटहरी ४ को वडा सचिब भएर असोजमा आएका थिए । उनी छैठो तहका अधिकृत हुन् । उनी यसअघि कटहरी ३ नम्बर वडाको पनि सचिब रहेका थिए । कटहरी ३ मा वडा सचिब रहदा पनि उनी विवादमा परेका थिए ।