विराटनगर । नेकपा (एमाले )का कोशी प्रदेश कमिटीका पूर्वसदस्य किशोरकुमार कार्की राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कार्कीलाई आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वागत गरेका हुन् ।
राप्रपाले अध्यक्ष लिङ्देनलाई भूगोल केन्द्रित आन्तरिक अभियानका लागि धरान उपमहानगरपालिका क्षेत्रमा खटाएको थियो।