एमालेका कोशी प्रदेश कमिटीका पूर्वसदस्य कार्की राप्रपा प्रवेश

विराटनगर । नेकपा (एमाले )का कोशी प्रदेश कमिटीका पूर्वसदस्य किशोरकुमार कार्की राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन्।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कार्कीलाई आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वागत गरेका हुन् ।

राप्रपाले अध्यक्ष लिङ्देनलाई भूगोल केन्द्रित आन्तरिक अभियानका लागि धरान उपमहानगरपालिका क्षेत्रमा खटाएको थियो।

आइतबार, १७ मंसिर, २०८०, दिउँसोको ०४:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर