कोशी प्रदेश सभा बैठक

केदार कार्कीको प्रश्नः हामी जिम्मेवार बन्ने कि बजेट होलिडेमा पुग्ने ?

विराटनगर । नेपाली काँग्रेसका कोशी प्रदेशसभा सांसद केदार कार्कीले प्रदेशका दलहरु जिम्मेवार नबन्दा बजेट होलिडे हुने अवस्थामा पुगेको बताएका छन् ।

उनले प्रदेशसभाको विशेष समय लिएर कुरा गर्दै प्रदेशमा बाढी पहिरो, लम्पीस्किन रोग र डेंगुले सर्वसाधारण पीडित भइरहँदा ‘यो कुर्सीबाट त्यो कुर्सी, यतापट्टिबाट उतापट्टि कहिले जान भनेर आफूहरु लागिरहेको बताए । ‘सरकारलाई जिम्मेवार बनाउने संसद नबसेपछि सरकार छाडा भयो । अहिले पनि प्रदेश बजेट होलिडेमा जाने अवस्थामा पुगिसकेका छौं । हामी जिम्मेवार नभए बजेट होलिडे हुँदैन । अब हामी जनताप्रति जिम्मेवार हुने कि नहुने ? प्रदेशमा संसद बनाएपछि हामीले सार्वभौम अधिकार प्रयोग गर्न पाउने कि नपाउने ?,’ उनले भने, ‘संसदभित्र निकास खोज्ने अवस्थाको सिर्जना गर्न सकिरहेका छैनौं ।

सातवटा प्रदेशमध्ये बौद्धिक र सक्षम प्रदेश भनेर छाती फुलाएर बोल्यौं । तर, यही हामी दरिद्रतामा छौं । त्यसको निकास खोज्न जरुरी छ । यहाँको समस्या यही समाधान गर्ने अवस्था सिर्जना बनाऔं ।’ उनले सदनलाई निरन्तरता दिनका लागि सभामुखको तर्फबाट वातावरण बनाउन आग्रह गर्दै संसदको गरिमा बचाउन र प्रदेशसभा आफ्नै हिसावले चल्छ भने सन्देश दिन दलका नेताहरुलाई आग्रह गरे ।

शुक्रबार, ०१ भदौ, २०८०, दिउँसोको ०३:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर