विराटनगर । नेकपा (माओवादी केन्द्र) १ नम्बर प्रदेश समितिको पाँचौं बैठकले प्रदेशको नाम खारेज गर्दै बहुपहिचानको आधारमा नाम राख्न माग गरेको छ ।
साउन ३१ गते विराटनगरमा बसेको बैठकको निर्णय सार्वजनिक गर्दै प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले पार्टी र संसदीय दलले गरेको कमजोरीप्रति गम्भीर समीक्षा र आलोचना सहित १ नं. प्रदेशको नाम वहुपहिचानको आधारमा पुनः नामाङ्कन गर्न माओवादी पार्टी प्रतिबद्ध रहेको बताए ।
उनले पार्टी संगठनलाई थप सुदृढ गर्न केन्द्रीय योजनामा ३ महिने अभियान अन्तर्गत भाद्र १६ गते एकै दिन प्रदेशका सबै वडामा अभियान उद्घाटन गर्ने गरि कार्यविभाजन गरिएको बताए ।
माओवादीले प्रदेशका विभिन्न स्थानमा गएको बाढी पहिरो र उदयपुरको बेलकामा कोशी कटानले जनधनको ठुलो क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै पीडितहरूलाई आवश्यक उध्दार, राहत र पुनस्थापना गर्न नेपाल सर सरकारलाई अनुरोध गरेको छ ।
माओवादीले सुनसरीको धरान, इटहरी र झापाको दमक, बिर्तामोड नगरपालिका लगायत विभिन्न सहरहरूमा फैलिरहेको डेंगी रोगको नियन्त्रणको लागि प्रभावकारी कदम चाल्न पनि माग गरेको छ । यस्तै पशु चौपायमा देखा परिरहेको लम्पी स्किन रोगको कारण पशुपालक किसानहरूले ठूलो क्षति व्यहोर्नु परिरहेको र क्षतिपूर्तिको दिन पनि माग गरेको छ ।
प्रदेशको नामकरण वारे धिलै भाए पनि राम्रो निर्णय भएकोमा धन्यबाद छ । प्रदेशको प्रमुख भूगोल, ईतिहास, सभ्यता र पहिचानमा आधारित नामकरण गरियोस । यस निर्णयको सफल कार्यन्वयनको लागि शुभकामना ।