काठमाडौं । १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै एमाले उपाध्यक्ष भीम रावलले सहमित कार्यान्वयन कार्यदलको संयोजकबाट राजीनामा दिएका छन् ।
स्थायी कमिटीको आज बसेको बैठकमा उनले राजीनामा दिने बताएका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन नगर्ने दिशामा अघि नबढेको बताउँदै रावलले बैठकमा फरक मतसमेत राखेका छन् ।
‘कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि त्यो कार्यदलमा बसिरहनुभएको कुनै औचित्य नहुने भएकाले राजीनामा दिएको हुँ’ स्थायी कमिटी बैठकपछि उपाध्यक्ष रावलले भने ।
स्थायी कमिटी बैठकमा रावलले १० बुँदे सहमतिका विषयमा फरक मत पनि राखेका छन् । उनले स्थायी कमिटीले दुई जना नेतालाई केन्द्रीय कमिटी सदस्य मनोनित गरेकामा पनि असहमति जनाएका छन् ।