नेकपा एकीकृत समाजवादीको इन्चार्ज बने तामाङ

विराटनगर । पुराना कम्युनिष्ट नेता हर्कमान तामाङलाई नेपााल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले मोरङको इन्चार्ज बनाएको छ ।

नेकपा (एस)ले देशभरीबाट दुई सय जना केन्द्रीय सदस्यहरु थप गर्दै केन्द्रीय कमिटी बिस्तार गरि कार्यविभाजनसमेत गरेको छ । कार्यविभाजनकै क्रममा वैकल्पिक पोलिट्ब्युरो सदस्य हर्ममान तामाङलाई मोरङ जिल्ला इन्चार्ज बनाएको हो ।

यसैगरी नेकपा(एस)ले जनस्तरमा प्रभावशाली मानिएका नेता चन्द्रबहादुर गुरुङलाई सहइन्चार्ज बनाएको छ । नेता गुरुङले केन्द्रीय सदस्यको जिम्मेवारी पाएका छन् ।

 

मोरङबाट गुरुङसहित साबित्रा रेग्मी, विद्या चाम्लिङ, मिना यादव र कृष्णकुमारी राई पार्टीको केन्द्रीय सदस्य भएका हुन् ।

आइतबार, ३१ असोज, २०७८, दिउँसोको ०१:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर