माओवादी केन्द्रद्वारा जीवन आचार्यलाई दियो प्रदेश १ को ‘सुरक्षा जिम्मा’

विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश १ को राष्ट्रिय सुरक्षा विभाग प्रमुखको जिम्मा युवा नेता जीवन आचार्यलाई दिएको छ ।

प्रदेशको शान्ति सुरक्षा, चोरी, तस्करी तथा अपराधजन्य घटनामा राज्यका सुरक्षा संयन्त्रसँगको सहकार्यमा राजनीतिक पहल लिने उक्त विभागको मुख्य काम हो ।

माओवादी केन्द्र प्रदेश १ समितिको असोज १३ गते बसेको बैठकले आचार्यलाई सुरक्षाको जिम्मा दिएको हो । सुरक्षाको जिम्मा पाएसँगै आफूले प्रदेशका निम्नस्तरका जनतालाई अनुभूत हुने गरी सुरक्षा प्रबन्ध गर्न दबाब दिने आचार्यले बताए ।

‘राष्ट्रिय सुरक्षा विभागले जनताको शान्ति सुरक्षामा विशेष चासो र सहयोग गर्छ,’ आचार्यले भने, ‘खासगरी जनता र सुरक्षा संयन्त्रसँगको सहकार्यमा जोड दिँदै राजनीतिक पहलमार्फत जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन पहल गर्छ ।’

यसअघि माओवादी केन्द्र १ नम्बर प्रदेशसमितिले केही जिल्लामा जिल्ला सहइन्चार्जहरु, निर्वाचन क्षेत्रीय समन्वय समिति र उपमहानगरपालिकाको कार्यविभाजन गरेको थियो भने प्रदेशमा क्रियाशिल भातृ संगठन तथा जनवर्गीय संगठनका विभिन्न १७ वटा समितिको इन्चार्ज, सहइन्चार्ज तथा संयोजक तोकेको थियो ।

मङ्गलबार, १९ असोज, २०७८, दिउँसोको १२:०६ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर