मनोज राउत
वर्तमान विश्वमा माक्र्सवादी सिद्धान्तलाई आदर्श बनाएर थुप्रै पार्टीहरू चलायमान छन् । यूरोपका थुप्रै कम्युनिष्ट पार्टीहरु र समाजवादी पार्टीहरु आफूलाई माक्र्सवादी विचारधाराका अनुयायी मान्दछन् । नेपालमा नेपाली कांग्रेस पनि आफूलाई समाजवादी मान्दछ र यो पार्टीका दार्शंनिक नेता प्रदिप गिरी त माक्र्सवादका व्याख्याता नै हुन । नेपालका सबै कम्युनिष्ट पार्टीहरुले माक्र्सवादको पुच्छर झुण्ड्याउन छाडेका छैनन् ।
इतिहासको एउटा कालखण्डमा यै माक्र्सवादी चिन्तनले ओतप्रोत भएर दुनियाँमा ठूलाठूला आन्दोलन र परिवर्तनहरू भएको छ । तत्कालिन United Russia, जो पछि USSR बन्यो, माक्र्सवादी चिन्तक र नेता Vladimir Ilyich Lenin ( Vladimir Lenin) को नेतृत्वममा सन् १९१७ मा तत्कालिन राजा (Tsar) लाई सत्ताच्युत गरि कम्युनिष्ट शासन शुरु भयो, जसलाई तत्कालिन दुनियाँमा मजदुरहरुको शासन भनिन्थ्यो । विरोधिहरुको नजरमा अत्यन्त कठोर लेनिन मजदुरहरुका बीचमा अत्यन्त लोकप्रिय थिए । उनको लोकप्रियताले अमेरिकी मजदुरहरुमा समेत प्रभाव पारेको थियो र त्यहाँ आन्दोलनको ज्वारभाटा उठेको थियो । जसले सत्ता र सरकार टिकाउन अमेरिकी शासन प्रणालीमा व्यापक सुधार गर्न बाध्य बनायो । यसको एउटा उदाहरण १८ घण्टासम्म मजदुरहरुलाई काममा खटाउने प्रणाली ८ घण्टामा झर्यो र जनताका पक्षमा संविधान धेरै परिवर्तन गरिए । USSR को परिवर्तनको ज्वालाले चारैतिर धेरथोर प्रभाव पारेसँगै छिमेकी मुलुकहरुमा त सत्ता परिवर्तन नै भए । 1948 मा किम इल सुङ्ग को जुछे विचारधाराले कोरियाको उत्तरी भाग र 1949 को माओत्से दुंगको माओवादी विचारधाराले चिनमा कम्युनिष्ट शासनको स्थापना गर्यो भने अमेरिकी समर्थनका गरिब lattin अमेरिकी मुलुकहरुमा पनि जनताले गरिबीको विकल्पमा कम्युनिष्ट शासन खोज्न थाले । उत्तर अमेरिकी मुलुक क्युबाका कम्युनिष्ट नेता फिडेल कास्ट्रोले क्युबा कम्युनिष्ट पार्टीको स्थापना गरि 1959 मा बाटिस्टा सरकारलाई पदच्युत गरे । यो क्रान्ति सम्पन्न गर्न कास्ट्रोले कम्युनिष्ट पार्टीमा जोडेका एक जना अर्जेन्टिनी physicist Che Guavara को निर्णायक Guirrella क्षमता र कुशलता थियो । 1960 देखि छ दसक Che Ernestito Guevara अत्यन्त प्रिय, कुशल लडाकु, इमान्दार, कम्युनिष्ट नेताका रुपमा प्रख्यात थिए । उक्त समयमा Time magazine को one of the hundred most influence people मा उनको नाम थियो र उनले लगाएको जस्तो Cap युवाहरुमा अत्यन्त लोकप्रिय थियो । उनको Cap लगाएको फोटोलाई The most famous photographs नाम दिइएको थियो ।
Cuba स्वतन्त्र भए पनि निकारागुवा, बोलिभिया आदि मुलुकहरुमा अमेरिकी समर्थित सरकारको विरुद्ध आन्दोलन चलिरहेको थियो । Che Guevara ले संसारमा जनताको शासन ल्याउन थकाइ नमार्ने मानसायले Bolivian National Liberation मार्फत क्रान्तिमा होमिए । 1967 मा बोलिवियाको सरकारले उनलाइ पक्डेर मृत्युदण्ड दियो तर जनताका प्यारा Che को सालिक बोलिभियाकोSanta Cruz को La Higuera मा आज पनि राखिएको छ । वास्तवमा उनी यति popular थिए कि उनलाई Symbol of Ideal Revolution, Symbol of innovation र Symbol of Hope भनिन्थ्यो । यो समयमा संसारमा कम्युनिष्टहरुको अधोगति चले पनि Lenin को विचार र Che र Castro जस्ता नेताको प्रभाव Lattin अमेरिकी मुलुकहरुमा व्याप्त थियो ।
दक्षिण अमेरिकी मुलुक पेरुमा 1934 dec 3 मा Abimayal Gujman Renoso को जन्म भयो, जो ११ वर्षकै उमेरमा 1945 मा एउटा जुलुसबाट जेल परे र कम्युनिष्टको लहर र समर्पणी सोचले व्याप्त युवा पुस्ताका Gujman ले १२ वर्षको उमेरमा 1946 मा कम्युनिष्ट young ब्रिगाडको सदस्यता लिए । आर्थिक रुपमा सम्पन्न रेनोसोको आमा सानैमा बिते पनि बाबाले उनलाइ पढाउन छाडेनन् । उनले स्थानीय एरेक्वोपा विश्वविद्यालयबाट दर्शनशाश्त्रमा बिद्यावरीधि गरेर हुवागामा रास्ट्रिय विश्वबिद्यालयमा 1962-1974 सम्म प्राध्यापन गरे । कम्युनिष्ट विचारधाराले ओतप्रोत उनले यहि समयमा 1965 मा चिन को यात्रा गरे र फर्केपछि 1966 मा Peru Communist Party को सदस्यता लिए अनि 1975 मा प्राध्यापन पेशा छाडी Peru Communist Party को अध्यक्ष मात्रै बनेनन् 17 may 1980 मा हुन लागेको राष्ट्रपतिको निर्वाचनका बेला सानो गाउँ चुस्कीमा Peruvian Communist Party ( The Shining Path) नाम मा मतपत्र जलाए । प्राध्यापक र बुद्धिजिबीको पार्टी भनेर चिनिने shining path को अध्यक्ष गुजमान अर्थान् गोंजालोले विद्रोही युवाहरुको अपार आबद्धता पाए र CIA समर्थित फुजिमोरी सरकारको होस उडाए ।
यसको असर नेपालमा पनि पर्नु स्वभाविक थियो र ओ यांकी गो होम, डर्टी यांकी गो होम तथा हाम्रो रातो झन्डा पेरु मा फर्फराउँदैछ जस्ता गीतहरु घन्किन थाले । पेरुका लगभग सबै गाउँ र साना शहरहरु तथा आधा जनसंख्यामा Shining Path को प्रभाव थियो । अब अन्तिम युद्ध राजधानी कब्जा गर्ने उद्देश्यले 1992 मा राजधानी लिमा कब्जा गर्ने र फुजिमोरीले सारा शक्ति राजधानी केन्द्रित गरेको अवस्थामा 1992 sep 12 मा फुजिमोरीको सेनाले जासुसको मद्दतले लिमाको एउटा घरबाट गोंजालो दम्पतिलाई पक्राउ गर्यो । पक्राउ पछि पनि 1999 सम्म चलेको आन्दोलन सही निर्देशनको अभावमा शिथिल भयो । गोंजालोलाई सैनिक camp को गोल घरमा अत्यन्त यातना दिएर राखियो र उनका विरुद्ध आत्मसमर्पण गरेको तथा 70000 मानिस मारेको भनेर कुप्रचार पनि गरियो ।
यातनाले उनलाई छालाको Cancer लगाएत रोग लाग्यो । अन्तमा २९ वर्ष हिरासतमा रहेको उनले ८६ वर्षको उमेरमा 2021 sep 11 मा मृत्युवरण गरे । राजनीतिक बन्दीका रुपमा सबैभन्दा बढी जेल बस्ने गोन्जालो नै हुन । त्यसपछि दक्षिण अफ्रिकी अस्वेत नेता तथा पूर्व राष्ट्रपति नेल्सन मन्डेलाको २७ वर्ष र झापा आन्दोलनका मोहन चन्द्र अधिकारीको १७ वर्ष जेल जीवन विताउने नेताहरुमा पर्छन् । मालेमावादका नयाँ Communist Model प्रयोगकर्ता तिमीलाई सलाम छ । सलाम छ ! तिम्रो आदर्श, त्याग र जनताप्रतिको समर्पणलाई । वर्तमान Communist नेताहरुको जुलुसमा आत्मा बेच्ने व्यापारी मात्रै देख्छु र भुइँबाट कोहि गोंजालो आउलान् भनि कामना गर्दै तिमीप्रति हृदयदेखि भावपूर्ण श्रदाञ्जली अर्पण गर्दछु ।
गुन्जालो प्रती हार्दिक नमन।हाम्रा कम्युनिस्ट नेताहरुमा पनि सद-बुद्धि आयोस । मनोज सरको यो लेख धैरै राम्रो छ।
Thank you sir