विराटनगर । विराटनगर ६ का जनप्रतिनिधि सन्तोष साहसहितका ३ दर्जन बढी यूवाहरू केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् । शर्मा विराटनगर ६ का निर्वाचित वडा सदस्य हुन।
नेकपा विराटनगर महानगरकमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसलगायतका विभिन्न पार्टी प्रवेश गरेका हुन । उनीहरूलाई नेकपा केन्द्रीय सदस्य विनोद ढकाल, कृषि तथा सहकारी राज्यमन्त्री राम राना, नेकपा महानगर कमिटीका अध्यक्ष सागर थापालगायतले पार्टी प्रवेश गराएका हुन ।
पार्टी प्रवेश गर्ने जनप्रतिनिधि साहले कांग्रेस सामन्तहरूको पार्टी रहेको भन्दै आधारभूत जनताको हितमा काम गर्न नसकेपछी पार्टी परित्याग गरेको बताए । उनले मधेशी, मुस्लिम, आदिवासी जनजाती, मजदुर, किसान सवैको पार्टी केपी ओली नेतृत्वको पार्टी नेकपानै रहेको बुझेपछी पार्टी प्रवेश गरेको बताए । उनले नव प्रवेशीहरूलाई क्षमता अनुसार जिम्मेवारी दिएर जनताको माझमा जाने अवसर प्रदान गर्न आग्रह गरे ।
नेकपा केन्द्रीय सदस्य विनोद ढकालले हरेक साथीहरूलाई क्षमता अनुशारको जिम्मेवारी प्रदान गरेर जनताको माझमा पठाइने बताए । उनले जनतासँग जोडिएर आफुलाई नेताको रूपमा स्थापित हुन हौसला प्रदान गरे । उनले अब बैशाखमा हुने निर्वाचनलाई केन्द्रित रहेर काममा लाग्न निर्देशन दिए ।
कार्यक्रममा कृषि तथा सहकारी राज्यमन्त्री राम रानाले नेकपाले सवैलाई समान व्यवहार गर्दै आएको बताए । नव प्रवेशीलाई उपयुुक्त समयमा पार्टी प्रवेश गरेको भन्दै अब समृद्द नेपाल सुखी नेपाली को अभियानलाई सार्थक बनाउने आन्दोलनमा जुट्न आवश्यक रहेको बताए । नेकपा महानगर कमिटी सागर थापाले सवैलाई उचित जिम्मेवारी प्रदान गर्दै समृद्दिको अभियानमा जुट्न आग्रह गरे ।