बोल्न पाउने हाम्रो हक हो, हामीले बोल्न पाउनुपर्छ

 गणेश लम्साल

बालिका, किशोरी र महिलाहरुमाथि भैरेहको जधन्य अपराध बलात्कार विरुद्ध बोल्न पाउनुपर्छ । सबैखाले अन्याय, अत्याचार, कुरीति , विकृति, विसंगति र अन्धविश्वास विरुद्ध बोल्न पाउनुपर्छ । राजनैतिक आडमा बिचौलीया बन्नेहरु विरुद्ध बोल्न पाउनुपर्छ । विस्तारवादीको योजनामा आफनो घर जलाएर खरानी ताप्ने खोज्नेहरुको विरोधमा बोल्न पाउनुपर्छ । किनकी बोल्न पाउने हाम्रो हक हो ।

आकाशमा प्वाल हँुदैन भनेर भ्रम फैलाउनेहरु विरुद्ध बोल्न पाउनुपर्छ । समानुपातिक समावेशिता, गणतन्त्र, संघीयता र सबै धर्मको रक्षाका लागि धर्म निरपेक्षता विरोधीहरुबारे खुलेर बोल्न पाउनुपर्छ । दलित, महिला, आदिबासी जनजाति सिमान्कृत समुदायका अधिकार खोस्नेहरु विरुद्ध बोल्न पाउनुपर्छ । किसान, मजदुर, घाइते, अपांङग, अल्पसंख्यक र शहिद परिवारहरुको विशेष अधिकारका लागि बोल्न पाउनुपर्छ ।

बोल्न पाउने हाम्रो हक संविधानमा सुरक्षित छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने अधिकार सहितको संविधान हामी आफंैले लडेर लेखेका हांै । यसैले हामीले बोल्न पाउनुपर्छ । जहाँनीया निरंकुश शासनका पक्षधरहरुको विरोधमा बोल्न पाउनुपर्छ । संविधान मिचेर निर्वाचन गर्न खोज्ने फाँसीवादीहरु विरुद्ध बोल्न पाउनुपर्छ । ज्युँदा भोकानाङ्गा नागरिकलाई बेवास्ता गर्दै करोडौको मन्दिरमा सुनको गजुर चढाउनेहरु विरुद्ध बोल्न पाउनुपर्छ । श्रीपेज लगाएर श्री ३ बन्न चाहने दुष्प्रयास गर्नेहरु विरुद्ध बोल्न पाउनुपर्छ । जनतालाई रैती सम्झेर सिंहाशनमा बस्न चाहने आडम्बरी शासकहरु विरुद्ध बोल्न पाउनुपर्छ ।

बोल्न पाउनुपर्छ किनकी बोल्न पाउने हाम्रो कानूनी अधिकार हो । राष्ट्रहितका लागि हामीले बोल्नुपर्छ । प्रतिगामी कदमलाई सही भनेर भ्रम छर्नेहरु विरुद्ध बोल्न पाउनुपर्छ । म नै भगवान हुँ मैले भनेको सबै हुनुपर्छ भन्ने मिचाहाहरु विरुद्ध बोल्न पाउनुपर्छ । हामी सार्वभौम अधिकार सम्पन्न देशका स्वतन्त्र नागरिक हौं । हामीले हाम्रो संविधान आफंैले लेखेका हौं । हाम्रो संविधानमा हाम्रो पनि अधिकार छ । यसैले हामीले लेखेको हाम्रो संविधानको रक्षाका लागि हामीले बोल्न पाउनुपर्छ । जनताको जनादेशको हत्या गरेर अबैधानिक सरकार चलाएर शासन लाद्नेहरु विरुद्ध बोल्न पाउनुपर्छ । अवैध चुनावको स्याल हुईयाँ गर्नेहरु विरुद्ध बोल्न पाउनुपर्छ । लोकतन्त्रको हत्या गर्ने हत्याराहरु विरुद्ध बोल्न पाउनुपर्छ ।

लोकतान्त्रिक मुलुकमा आवाजको सम्मान हुन्छ । यसैले हरेक नागरिकले आवाज निकाल्न पाउनुपर्छ । विकास विरोधीहरु विरुद्ध बोल्न पाउनुपर्छ । संबिधानमा मोसो दलेर फाँसीबादको यात्रा आरम्भ गर्न चाहनेहरु विरुद्ध बोल्न पाउनुपर्छ । सत्तालोलुप , पदलोलुप पवबृति विरुद्ध बोल्न पाउनुपर्छ । साम्राज्यवाद विरोधी बुख्याँचाहरुको विरोध गर्न पाउनुपर्छ । भ्रष्ट संस्कृति र प्रवृतिलाई संस्थागत गराउनेहरु विरुद्ध बोल्न पाउनुपर्छ ।

यो बेला देश संकटमा छ यसैले हामीले जहाँ छांै त्यहीँबाट जति सक्छांै त्यतिनै बोल्नैपर्छ । आफ्नो अधिकारको प्रयोग गर्न बोल्न पाउनुपर्छ । समान्तहरुको भुक्न नपाउने ल्याप डग हामीले बन्नु हँुदैन । हामी सबैले बोलेर वाच डग बन्नुपर्छ । यसैले बोल्नुपर्छ । बाँसको टुप्पोमा बसेको भरमा लिङ्गो झुकाउन सफल भएँ भन्ने भगेरा खुट्टेहरु विरुद्ध बोल्न पाउनुपर्छ । दिगो विकास र शान्ति प्रकृया विरोधीहरु विरुद्धमा बोल्न पाउनुपर्छ ।

बोल्न पाउनुपर्छ । किनकी हामी सजीव र चेतनशील प्राणी हांै । हामीले बोल्न पाउने हक आधिकारकै लागि दशकौंसम्म संघर्ष गरेका छौं । लडेका छांै, मरेका छौं । शहिद बनेका छाँै । यसैले बोल्न पाउनुपर्छ । समाजवाद र लोकतन्त्र विरोधीहरु विरुद्ध बोल्न पाउनुपर्छ । जनताको हक अधिकार पुनस्र्थापित गराउन नागरिक आन्दोलन विरोधीहरु विरुद्ध बोल्न पाउनुपर्छ । अदालत र आयोगलाई धमक्याउनेहरु विरुद्ध बोल्न पाउनुपर्छ ।

लोकतन्त्रमा जनता नै अधिकार हो । जनताको अधिकारबीना लोकतन्त्र सार्थक हुँदैन । यसैले पशुपतिनाथको मन्त्र जपेर पापलाई धर्मममा बदल्न खोज्ने अधर्मीहरु विरुद्ध बोल्न पाउनुपर्छ । लोकतन्त्रका हत्यारा जनअधिकार कुल्चने शासकहरु विरुद्ध बोल्न पाउनुपर्छ ।

बोल्न पाउनुपर्छ हामीले नबोले कसले बोल्ने । हामी सबै नागरिकले आफ्नो समान अधिकार प्राप्त गरेका छाँै बोल्नका लागि यसैले चित्त नबुझेको कुरो बोल्न पाउनुपर्छ । ब्रेस ब्रेण्ड विरोधीहरु विरुद्ध बोल्न पाउनुपर्छ । शान्तिपूर्ण क्रान्तिका विरोधीहरुको विरोधमा मुठ्ठी कसेर, औँलो उठाएर बोल्न पाउनुपर्छ ।

हो, निरंकुश समान्ती राजतन्त्रलाई फयाँकेर हामीले नै हो गणतन्तत्र ल्याएको । हामीले नै संविधानमा संघीयता लेखेको । हामीले नै हो संविधानको प्रस्तावनामा पूर्ण प्रेस तथा अभिव्यक्त्ति स्वतन्त्रता हुनेछ भनेर लेखेको । हामीले नै हो संविधानमा सूचनाको अधिकार र र स्वतन्त्रताको हक समावेश गरेको । हामीले नै हो मानव अधिकारका लागि मौलिक हक , दलित , महिला, आदिबासी जनजाति, मधेशी र सिमान्तकृत समुदायको अधिकार सुनिश्चित गराएको । यसैले हामी प्रत्येक अधिकार सम्पन्न नागरिकले देशलाई अग्रमनमा लानका लागि बोल्न पाउनुपर्छ । परिवर्तनलाई संस्थागत गराउनका लागि बोल्न पाउनुपर्छ ।

बोल्न पाउनुपर्छ । प्रतिगमनको पक्षमा सेटिङ गर्नेहरु विरुद्ध, प्रतिपक्षमा बसेर जनताको आवाज बोल्नुको साटो बिचौलीयाको भूमिका खेल्नेहरु विरुद्ध । दिउँसै अँध्यारो पारेर देशलाई अन्धकारमा लैजानेहरु विरुद्ध । निरंकुश बादशाह बनेर आफु घोडामा सयर गर्न चाहने शासकहरुको ‘रबरस्टाम्प’ बन्ने व्यक्त्तिवादी महामहिमहरु विरुद्ध ।

देश संकटमा छ । लोकन्त्र र संबिधान धरापमा छ । राष्ट्रहित खतरामा छ । स्वाभिमान लिलाममा चढेको छ । यसैले हामीले बोल्नुपर्छ । बोल्न पाउने हाम्रो हक हो । यो बेला देशले मलाई के दियो भन्ने हैन देशलाई हामीले के दिनसक्छौ भन्ने हो । यसैले हामीले खुलेर बोल्नुपर्छ । एक भएर बुलन्द आवाजले बोल्नुपर्छ । यो बेला नबोले कहिले बोल्ने ? हामी नबोले को बोल्ने ? हामीले हाम्रो राष्ट्रहितका लागि नबोले कस्ले बोल्ने ?

सोमबार, ०३ फागुन, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर