लोड हुँदैछ...

मेनु

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीका कारण अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली भएको छ। अहिले कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ।

आज दिउँसो देशका हिमाली भूभागमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान र बाँकी हिमाली भूभागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने देखिएको छ।

आज राति गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। रातिको समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds