विराटनगर । सुनसरीको कोशी गाउँपालिका–३ जमुवाबाट नक्कली नोट, स्वचालित पेस्तोल र करिब १०० ग्राम ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
निर्वाचन क्षेत्रको सुरक्षालाई लक्षित गर्दै सीमा क्षेत्रमा खटिएको बीओपी श्रीपुरस्थित सशस्त्र प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारतको विहार राज्य, अररिया जिल्ला, बेला ग्राम पञ्चायत–४ निवासी ३६ वर्षीय राम खेलन पासवान रहेका छन् । शुक्रबार बेलुका भारतीय सीमाबाट कोशी गाउँपालिका जमुवातर्फ प्रवेश गरिरहेको बीआर ५० एजे ४२२९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको सुरक्षा स्रोतले जनाएको छ।
पासवानकाके साथबाट भारतीय र नेपाली नगद, स्वचालित पेस्तोल, त्यसमा प्रयोग हुने गोली तथा करिब १०० ग्राम ब्राउनसुगर बरामद भएको छ। साथै नाम नखुलेको लागुऔषधका ६ क्याप्सुल र निट्राजिपामका ५ ट्याब्लेट समेत फेला परेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।