विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश कमिटीले आगामी निर्वाचनका लागि जिल्लाबाट सिफारिस भई आएका उम्मेदवारहरूको नाममा कैचि लगाएको छ ।
विशेषगरी तेह्रथुम जिल्लाले प्रतिनिधिसभाका लागि महामन्त्री गगनकुमार थापाको नाम मात्रै सर्वसम्मत सिफारिस गरेको भए तापनि प्रदेश कमिटीले त्यसमा निवर्तमान सांसद सिता गुरुङको नाम थप गरेर केन्द्रमा पठाएको छ । गुरुङ गत निर्वाचनमा प्रत्यक्षतर्फ जित्ने कांग्रेसकी एक्ली महिला सांसद हुन् ।
प्रदेशका उपसभापति रमेशजंग रायमाझीले गगन थापाको नाम मात्रै पठाउनुलाई ‘गुट बनाएर गरिएको स्टन्ट’ को संज्ञा दिएका छन् । अर्कोतर्फ, प्रदेशका प्रमुख सचिव नारायण कोइरालाले भने जिल्लाबाट आधिकारिक रूपमा ईमेलमार्फत कुनै नाम प्राप्त नभएको दाबी गरेका छन् । उनले फेसबुकमा नामहरू सार्वजनिक भएको देखे पनि आधिकारिक जानकारी नभएका कारण प्रदेश समितिले साविककी सांसद सिता गुरुङको एकल नाम सिफारिस गरेको बताएका छन् ।
तेह्रथुममा गगन थापा समूहको वर्चस्व रहेका कारण जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठकले थापाको नाम एकल रूपमा सिफारिस गरेको थियो । जिल्लाले सिता गुरुङको नाम समावेश नगर्नुको पछाडि पूर्व सांसद तुलसी सुब्बामाथिको कारबाहीलाई मुख्य कारण मानिएको छ । गगन थापा निकट मानिने सुब्बालाई गत निर्वाचनमा सिता गुरुङलाई हराउन भूमिका खेलेको आरोपमा अनुशासनको कारबाही गरिएको थियो । उनको कारबाही फुकुवा नभएको र पुनरावेदनको विषय केन्द्रबाट नटुंगिएकाले जिल्लाले गुरुङलाई उपेक्षा गर्दै थापाको नाम मात्र पठाएको नेताहरूले बताएका छन् । ‘जिल्लाको सभापति पनि प्रदेश समितिको बैठकमा आउनु भएको थियो,’ प्रमुख सचिव नारयण कोइरालाले भने उहाले ना पठाउदौ भनेर यहि भन्नु भएको थियो । हामीलाई अहिले सम्म तेह्रथुमबाट कसैको नाम आएको छैन् ।’ गुरुङ भने संस्थापन पक्षकि हुन् ।
काग्रेस तेह्रथुमका सचिव सन्तोष सुब्बाले भने नाम प्रदेशमा पठाइ सकिएको दावि गरेका छन् । उनले प्रदेशले सिता गुरुङको नाम पठाएको विषयमा आफुलाई जानकारी नरहेको बताए । फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि तेह्रथुम जिल्लाले प्रत्यक्षतर्फ गगन थापाको नाम पठाए पनि समानुपातिकतर्फ भने ७ जनाको नाम सिफारिस गरेको थियो । जसमा कृष्णमान तुम्बाहाम्फे, डिल्लीराम नेपाल, विजय सम्बाहाम्फे, रुद्र कन्दङ्वा, बसन्ती सुब्बा गुरुङ, शारदा कोइराला र शनिषा भेटवाल रहेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापाको नाम भने राष्ट्रियसभामा सिफारीस गरीएको छ ।
सक्रिय राजनीतिमा क्रियाशील रहने र पार्टीको आगामी महाधिवेशनमा केन्द्रित हुने उद्देश्यले उनले केही दिनअघि नै दिएको राजीनामा दिएका थिए ।२०७९ चैतमा सल्लाहकार नियुक्त हुनुअघि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेका थापालाई प्रदेश कमिटीले राष्ट्रिय सभा सदस्यको उम्मेदवारका रूपमा सिफारिस गरेको छ । उनको गृहजिल्ला धनकुटा हो । धनकुटा बाट नै थापाको नाम सिफारीस भएकाले प्रदेशले जस्ताको त्यस्तै केन्द्रमा पठाएको प्रमुअ सचिव कोइरालाले बताए ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।