लोड हुँदैछ...

मेनु

ओलीलाई ‘पेले’ भन्ने कृष्णगोपालले भने : पेलेको जमाना गयो, अब एमालेमा नयाँ मेस्सीहरू जन्मिन्छन्

ओलीलाई ‘पेले’ भन्ने कृष्णगोपालले भने : पेलेको जमाना गयो, अब एमालेमा नयाँ मेस्सीहरू जन्मिन्छन्

काठमाडौं । नेकपा (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठले पार्टीमा अब नयाँ पुस्ता र नयाँ अनुहारको आगमन हुने संकेत गरेका छन्। विगतमा अध्यक्ष केपी शर्मा ओलीलाई महान् फुटबलर ‘पेले’को उपमा दिएका श्रेष्ठले ११औँ महाधिवेशनस्थलमा बोल्दै अब पार्टीमा नयाँ ‘मेस्सी’हरू जन्मिने बताएका हुन्।

महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले फुटबल जगतका महान् खेलाडीहरूको उदाहरण दिँदै राजनीतिमा पनि पुस्तान्तरणको संकेत गरे। उनले सांकेतिक रूपमा पेलेको जमाना गएको भन्दै अबको समय नयाँ प्रतिभा अर्थात् ुमेस्सीु हरूको भएको टिप्पणी गरे।

जारी महाधिवेशनमा नेता श्रेष्ठले ईश्वर पोखरेलको प्यानलबाट सचिव पदमा उम्मेदवारी दिएका छन्। उनले आफ्नो यो अभिव्यक्ति र उम्मेदवारी अध्यक्ष ओलीप्रति वैरभाव राखेर नभएको स्पष्ट पारे। उनले लोकतान्त्रिक अभ्यास मार्फत हुने आन्तरिक चुनावमा जसले जिते पनि वा हारे पनि अन्ततः पार्टीकै जित हुने प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds