काठमाडौं । चार दिने औपचारिक नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसदलाई सम्बोधन गर्दैछन् ।
महासचिव गुटेरेसले दिउँसो ४ बजे राष्ट्रिय सभा र प्रतिनिधिसभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने तय भएको छ ।
सभामुख देवराज घिमिरेले बैठक सुरु हुनुअघि पौने ४ बजेभित्र औपचारिक पोशाकमा संसदमा उपस्थित भइसक्न सांसदहरूलाई निर्देशन दिइसकेका छन् । गुटेरेसले सम्बोधन गर्ने भएकोले आजको संसदमा संवैधानिक निकायका पदाधिकारीलगायत अन्य उच्च पदस्थ व्यक्तिहरूलाई पनि उपस्थितिका लागि निमन्त्रणा दिइएको छ ।
आइतबार बिहान नेपाल आइपुगेका महासचिव गुटेरेस मंगलबार बिहान अन्नपूर्ण आधारशिविर पुगेर अहिले लुम्बिनी पुगेका छन् । उनी लुम्बिनीपछि काठमाडौं आउनेछन् । त्यसपछि संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
नेपाल भ्रमण सकेर महासचिव गुटेरेस बुधबार फर्किनेछन् ।