विराटनगर । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित हुनेको संख्या १ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार भारतमा १ लाख ३ हजार २८ जना संक्रमित भएका छन् । भारत कोरोना भाइरसबाट अति प्रभावित मुलुकहरु मध्ये एघारौं स्थानमा पुगेको छ ।
कोरोना भाइरसका कारण भारतमा अहिलेसम्म ३ हजार १५६ जनाको मृत्यु भइसकेको छ । सोमबार मात्र भारतमा १३१ जनाको मृत्यु भएको थियो । त्यस्तै सोमबार ४ हजार ६३० जना नयाँ संक्रमित फेला परेको थियो ।
यसैबीच भारतमा कोरोना संक्रमणमा परेका ३९ हजार २३३ जना उपचार पछि ठिक भएका छन् । अहिले ५७ हजार ९३९ जना उपचारका क्रममा रहेका छन् ।
भारतले दुई महिना अघि सुरु गरेको लकडाउनकै अवधिमा भाइरस संक्रमितको संख्या तिब्र गतिमा फैलिएपछि लकडाउनलाई खुकुलो पार्दै कोरोना विरुद्ध फरक तरिकाले लड्ने योजना अगाडि सारेको छ । त्यसै क्रममा करोडौं मजदुरलाई घरसम्म पु¥याउन रेलसेवा समेत सञ्चालन गरेको छ । जसका कारण कोरोना भाइरस गाउँगाउँसम्म फैलिने क्रम सुरु भएको छ ।