विराटनगर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) उच्च अंकले घटेको छ । सोमबार नेप्से परिसूचक ५१.३७ अंकले घटेर २६३०.९१ को विन्दुमा कायम भएको हो ।
खनज १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता सेयरको खरिदबिक्री हुँदा ५ अर्ब ९३ करोड ५६ लाख ४ हजार रूपैयाँको कारोबार भयो ।
पुष महिनाको पहिलो दिन आइतबार सार्वजनिक बिदा भएकोले सेयर बजार बन्द रहेको थियो । अनज उच्च अंकले घटेको बजारमा कुथेली बुखारी स्माल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै, कारोबारका आधारमा एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट २६ करोड ४५ लाख ९० हजार रूपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।
सोमबार उपसमूहतर्फका १३ वटै सूचकहरूमा गिरावट आएको छ ।