ग्रामथानमा तीन दिन विद्यालय बन्द

विराटनगर । मंसिर १६ गते हुने उपनिर्वाचनको लागि मोरङको ग्रामथान गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिएको छ ।
ग्रामथान गाउँपालिकामा रिक्त रहेको अध्यक्ष पदको उपनिर्वाचनको लागि तीन दिन विद्यालय र निर्वाचन हुने दिन गाउँपालिकामा सार्वजनिक विदा दिएको पालिकाले जनाएको छ ।

गाउँपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयमा १२ वटा मतदान स्थल र २९ वटा केन्द्र तोकिएको छ । त्यसैले मतदान स्थलहरुको संरचना निर्माण तथा सुरक्षा लगायत व्यवस्थाको कामको लागि शुक्रबारदेखि सोमबारसम्म विद्यालय विदा दिएको गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दैै जनाएको छ ।

ग्रामथान गाउँपालिका तथा गाउँपालिका मातहतका वडा कार्यालयहरु, वित्तीय संघसंस्थाहरु अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाहरु निर्वाचनको दिन १६ गते विदा दिने पालिकाले जनाएको छ ।

बिहिबार, १३ मंसिर, २०८१, साँझको ०५:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर