कांग्रेसले जनजागरण अभियान चलाउने

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश समितिको पहिलो सम्मेलन मंसिर २२ गते विराटनगरमा हुने भएको छ । सम्मेलनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने प्रदेश सभापति उद्धब थापाले जानकारी दिए ।

सम्मेलनको तयारीका सम्बन्धमा जानकारी दिन बिहीबार विराटनगरमा आयोजित भेटघाट कार्यक्रममा तयारी स्वरुप ८ वटा उपसमिति गठन भएको जानकारी दिइएको छ ।सम्मेलनले दिशानिर्देश गरेअनुरूप साङ्गठनिक गतिविधिहरू थप बढाउँदै जाने प्रदेश सभापति उद्धव थापाले बताए । विराटनगरको मनास्लु पार्टी प्यालेसमा आयोजना हुने सम्मेलनमा पार्टीका केन्द्रीय पदाधिकारी र पूर्व पदाधिकारीले सम्बोधन गर्ने भएका छन् ।

केन्द्रीय सदस्यहरू, १४ जिल्ला सभापति, प्रतिनिधिसभा क्षेत्रीय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि नगर÷ गाँउ कार्यसमिति सभापति, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरूलाई सम्मेलनमा निमन्त्रणामा गरिएको छ । सम्मेलनमा महामन्त्री उमेश थापाले पेस गर्ने राजनीतिक प्रतिवेदन, अर्का महामन्त्री भूपेन्द्र राईले पेशगर्ने साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

कांग्रेसको प्रदेशस्तरीय संगठनलाई क्रियाशील, सुदृढ, चलायमान र थप जिम्मेवार बनाउनका लागि प्रदेश कार्य समितिले विभिन्न अभियान सञ्चालन गर्दे आएको जनाएको छ । कांग्रेसले पुस १६ राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भ पारेर झापाको केचनाबाट सगरमाथासम्म जनजागरण अभियान सञ्चालन गर्ने पनि जनाएको छ । रोजगारी, कृषि, रहनसहनसँग जोडिएर अध्ययन गर्न अभियान चलाउन लागेको उनले बताए ।

बिहिबार, १३ मंसिर, २०८१, साँझको ०५:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर