कार र मोटरसाइकल ठोकिदा नेपाल प्रहरीका जवानको मृत्यु

विराटनगर ।आइतबार साँझ कार र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा नेपाल प्रहरीका जवानको मृत्यु भएको छ । मोरङको बेलबारी नगरपालिका–८ चिसाङ पुलनजिक आइतबार साँझ दुर्घटना हुँदा प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको हो ।
राई भने मोटरसाइकलमा सवार थिए ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार ठोक्किएर दुर्घटना भएको मोरङ प्रहरीका डिएसपी वेदप्रकाश जोशीले बताए ।

जोशीका अनुसार संखुवासभाको सिलिचुङ गाउँपालिका–२ घर भएका राई सुनसरीको अस्थायी प्रहरी चौकी नडाहामा कार्यरत थिए । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो ।

अस्पताल ल्याइपुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ । प्रहरीले कार र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिएको जनाएको छ ।

सोमबार, २१ असोज, २०८१, बिहानको ०७:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर