स्थानीय तहको उपनिर्वाचनमा रास्वपा पनि सहभागी हुने

काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पाटी ९रास्वपा०ले पनि भाग लिने भएको छ ।

रास्वपा पहिलो पटक स्थानीय निर्वाचनमा सहभागी हुने भएको हो । उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् । २५ दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए ।

निर्वाचन आयोगले दिएको समयसीमा भित्र २६ राजनीतिक दलले निवेदन दिए पनि २५ दलको मात्र दर्ता भएको उनले बताए ।राजनीतिक दलहरूलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम ९४० बमोजिम आयोगको आइतबारको निर्णयअनुसार दर्ता गरिएको प्रवक्ता सापकोटाले जानकारी दिए।

आइतबार, २० असोज, २०८१, साँझको ०६:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर