विराटनगरका बिरबलको मृत्यु, होटल सञ्चालिका तालीदेवी प्रहरी नियन्त्रणमा

विराटनगर । विराटनगर १९ बैजनाथपुरका ५० वर्षीय बिरबल गोसाईंको उपचारको क्रममा आज दिउँसो मृत्यु भएको छ । उनी कुटपिटबाट घाइते भएका थिए । उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भएको हो । बिरबललाई विराटनगर १९ बैजनाथपुरमा होटल सञ्चालन गर्ने ३५ वर्षीय तालीदेवी ऋषिदेवले कुटपिट गरेको आरोप छ ।

बिरबलको मृत्यु भएपछि होटल सञ्चालिका ऋषिदेवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए । ‘ऋषिदेवलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ,’ उनले भने, ‘अहिले घटनाको अनुसन्धान भइरहेको छ ।’ पोस्टमार्टम गर्ने तयारी गरिएको छ । पोस्टमार्टम रिपोट पछि मात्रै थप विषय खुल्ने उनले बताए ।

शनिवार साँझमा मदिरा खान तिलदेवीको होटलमा बिरबल पुगेको स्थानीयले बताएका छन् । त्यही बिचमा उनीहरूबिच भनाभन भएको थियो । आवे समा आएकी तिलदेवीले बिरबललाई आक्रमण गरी घाइते बनाएका थिए । उनको शरीरमा चोटपटक पनि लागेको छ ।

घाइते भएका बिरबल आइतबार बिहान अचेत अवस्थामा भेटिएका थिए । स्थानीयले उनलाई कोशी अस्पताल लिएर आएका थिए । आइतबार दिउँसो ३ बजे उपचारको क्रममा बिरबलको मृत्यु भएको अस्पतालले जनाएको छ

आइतबार, १७ असार, २०८१, रातीको ०८:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर