देशकै ठूलो विद्युत् सबस्टेसनको प्रधानमन्त्रीले आज उद्घाटन गर्ने

विराटनगर । नेपाल र भारतबीच बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सम्पन्न भएको छ ।

हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेनसम्मको एक सय ५४ किलोमिटर ४०० किलोभोल्ट ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण सकिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍यामा रहेको हेटौँडा सबस्टेसनको आज उद्घाटन गर्ने जनाइएको छ ।
अब यो प्रसारण लाइनबाट चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ ।

यो देशकै ठूलो विद्युत् सबस्टेसनको रहेको समेत जनाइएको छ ।

शुक्रबार, ०१ असार, २०८१, बिहानको ०८:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर