उर्लाबारी । लिम्बू जातिको सबैभन्दा ठुलो चाड चासोक तङ्नामका अवसरमा सांस्कृतिक मेलामा सहभागी नभएका मोरङको उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलको अहिले आलोचना भइरहेको छ ।
गत पुस १० गते देखि १४ गतेसम्म उर्लाबारी ९ आम्बारीमा आयोजित लिम्बू समुदायको कार्यक्रममा सहभागी नभएका मेयर खरेलले जाँडरक्सी खाईने पर्वमा नजाने बताएका थिए ।
जब किराँत संस्कृतिमा रक्सी मदिरा मात्रै होइन । जन्मदेखी मृत्युसम्म आवश्यक पर्ने प्रसादी हो । मुन्धुमले माग्ने प्रसादका रुपमा लिइने जाँडरक्सीलाई मेयर तुच्छ रुपमा लिएको भन्दै सो समुदायका युवाहरुले उनको आलोचना गरिरहेका छन् ।
खरेको विषयमा अहिले सामाजिक सन्जालमा यस बिषयमा निकै टिकाटिप्पणी भईरहेको छ। जाँडरक्सी भएको ठाउँमा जादिँन भन्ने मेयर खरेलले उर्लाबारीका ज्वाईसमेत रहेका काठमाडौं महानगरपालिका मेयर बालेन शाहसँग रेडलेबल रक्सीको बोत्तलसँगै फोटो खिचाएपछि उनको आलोचना भएको हो ।
मेयर खरेल र बालेनले उर्लाबारीस्थित बालेनको ससुराली घरमा ब्ल्याकलेबल देखिनेगरि तस्बिर खिचाँएका छन् । किराँती संस्कृतिमा चेसुङको रुपमा लिईने रक्सीको बिरोध गरेका मेयरले महंगो रक्सीलाई केहि नभनेको भन्दै उनको आलोचना भएको हो ।
पछिल्लो समयमा सरकारले पनि लोकल रक्सीलाई ब्राण्डिङ गर्नेबारे छलफल चलाइरहेको छ । यो अवस्थामा मेयरले त्यसलाई अपमान गरेको भन्दै किराँत याक्थुम चुम्लुङ उर्लाबारी अध्यक्ष बानु सुब्बाले सामाजिक सञ्जाल मार्फत मेयर खरेलको कार्यशैली प्रति टिप्पणी गरेकी छिन् ।
‘हामी जनजातिले लिम्बू समुदायको महान चाँड चासोक तङ्नाम पर्वमा यसो संस्कृति पहिचान झल्काउँदै खाएकै निउँमा कार्यक्रमको प्रमुख अतिथी आसन ग्रहण गर्न बर्खास्त गर्नुहुने हाम्रा नगर प्रमुख ज्यू तर काठमाडौंको मेयर (ज्वाई) आउँदा दिउँसै रेड लेबलसँग फोटो खिचाँउदा त्यहाँ ओम शान्ति लागू भएन र भन्या’, अध्यक्ष सुब्बाले प्रश्न गरेकी छन् । । बिदेशी रक्सी चाँहि खान हुने अरुले चाँडपर्वमा खाएको कुरा काट्ने भन्दै भक्त पन्धाकले सुब्बाको पोष्टमा प्रतिक्रिया जनाएका छन् ।
कर्ण मादेम्बाले त झन मेयर खरेलको कार्यशैलीप्रति खुल्ला पत्र नै लेखेका छन् ।