विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले कोशी प्रदेशमा उद्धव पौडेललाई उम्मेदवार बनाउने भएको छ । राप्रपाले पौडेल सहित राष्ट्रिय सभाको लागि सातवटै प्रदेशका उम्मेदवारको टुंगो लगाएको हो । बागमतीमा हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट, पूर्णबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएको हो ।
गण्डकीमा गौमाया श्रेष्ठ, रोमबहादुर भण्डारी, लुम्बिनीमा निरञ्जन थापा, विजयलक्ष्मी सिंहलाई उम्मेदवार बनाएको छ ।
यसैगरी मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि उम्मेदवार टुंगो लगाएको राप्रपाले जनाएको छ । तर उम्मेदवारको नाम भने सार्वजनिक गरेको छैन ।
राप्रपाले सत्ता गठबन्धनसँग तालमेल गर्ने मानसिकता बनाएको थियो । तर सत्ता गठबन्धनले इच्छा नदेखाएपछि राप्रपाले छुट्टै उम्मेदवार उठाएको हो ।