एनसीडिए मोरङको निर्वाचन, ढकाल र श्रेष्ठको समूह चुनावी मैदानमा

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङको आगमी पुस २८ गते हुने निर्वाचनमा दुई समूह चुनावी मैदानमा उत्रिएका छन् । संघका वर्तमान उपाध्यक्ष देशबन्धु ढकाल र औषधी व्यवसायी सुदिन ध्वज श्रेष्ठको समूह चुनावी मैदानमा उत्रिएका हुन् ।

ढकालले यसअघि उम्मेदवारी घोषणा गरी चुनावी अभियानमा होमिएका छन् । श्रेष्ठले मंगलबार साझमा मात्र उम्मेदवारी घोषणा गरेका हुन् । ढकालको समूहबाट वरिष्ठ उपाध्यक्षमा हरिराज रेग्मी, थोक उपाध्यक्षमा अनिल शर्मा, खुद्रा उपाध्यक्ष पुष्पराज पोखरेल, महासचिबमा प्रकाश धिमाल, कोषाध्यक्षमा बेदबहादुर (गणेश) थापा उम्मेदवारी रहेको छ । ढकालको समूहबाट पदाधिकारीमा उम्मेदवारी दिएका बर्तमान कार्यसमितिमा रहेर काम गरेका अनुभवी व्यवसायीहरु छन् । ढकालको समूहका उपाध्यक्षका उम्मेदवार पोखरेल वर्तमान सचिब, शर्मा सदस्य, पोखरेल सह–कोषाध्यक्ष, धिमाल र थापा वर्तमान सदस्य हुन् । ढकालको समूहबाट सचिब, सहकोषाध्यक्ष र सदस्यहरुको उम्मेदवार टुङग्याउन बाँकी रहेको छ । केही दिनभित्रमा टुङग्याउने बताइएको छ । ढकालको समूहबाट थोक सदस्यमा राजेश कुमार मण्डलको उम्मेदवारी रहेको छ ।

श्रेष्ठको समूहबाट वरिष्ठ उपाध्यक्ष सुदिप निरौला, थोक उपाध्यक्ष जितेन्द्र कुमार रजक, खुद्रा उपाध्यक्ष मुकेश श्रीवास्तव, महासचिब अरुण कुमार ठाकुर, सचिब सुधन पौडेल, कोषाध्यक्ष मनोज कुमार मण्डल र सह–कोषाध्यक्ष राज कुमार यादव उम्मेदवारी रहेका छन् । सदस्यहरुमा खुद्रा सदस्यमा शंकर यादव, अन्जु बस्नेत, शिशुपाल यादव र दिलिप राजवंशी रहेका छन् । श्रेष्ठको समूहबाट उम्मेदवारी दिएका केही व्यवसायिकहरु बिवादित छविका पनि रहेका छन् । श्रेष्ठको समूहबाट पदाधिकारीमा उम्मेदवारी दिएका केही व्यक्ति औषधीको अुचित प्रयोग र भण्डार गरि विक्री वितरण र कालोबजारीको आरोप खेपेका व्यक्ति पनि उम्मेदवार रहेका छन् ।

२०५३ सालदेखि औषधी व्यवसायी क्षेत्रमा आबद्ध भएका ढकाल प्रथम अधिवेशनमा उपाध्यक्षमा सर्वाधिक मत २९९ ल्याएर निर्वाचित भएका थिए । उनले अहिले अध्यक्षमा उम्मेदवार दिएका श्रेष्ठलाई पराजित गरि ढकाल उपाध्यक्षमा निर्वाचित भएका थिए । प्रथम अधिवेशनमा ढकालले २९९ मत ल्याएर निर्वाचित हुँदा श्रेष्ठले १३५ मत पाएका थिए ।

व्यवसायीको हकहितमा लागि पर्ने, स्वच्छ र मर्यादित व्यवसाय सञ्चालन गरी औषधी व्यवसायीहरूलाई समाजमा हेर्ने दृष्टिकोण राम्रो बनाउन सधैँ लागि परेको कारण ढकाल औषधी व्यवसायीहरु माझ लोकप्रिय छन् । ‘पेशागत इमान्दारीता, व्यवसायीक एकता आजको आवश्यकता हो,’ अध्यक्षको उम्मेदवारी घोषणा गर्दै ढकालले भने, ‘मर्यादित, पारदर्शि र पेशागत हित सुनिश्चतताको लागि मैले अध्यक्षमा उम्मेदवारी दिएको छु ।’

एनसीडिए मोरङमा ४१५ जना सदस्यीय रहेका छन् । १३ सदस्यीयको लागि उनीहरूले निर्वाचनमा मतदान गर्नेछन् ।

 

बुधबार, ११ पुष, २०८०, रातीको ०८:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर