प्रधानमन्त्री प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

आफू नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्न लागेका हन ।

प्रधानमन्त्री प्रचण्डले शनिबार मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्दै एक वर्ष पुगेको दिन नेपाल राष्ट्र र नेपाली जनताको नाममा एउटा ठूलो सम्बोधन गर्ने बताएका थिए ।

अर्को वर्ष आफू नेतृत्वको सरकारले नयाँ ढंगले काम गर्ने पनि उनले बताएका थिए ।

गत वर्षको पुस १० गते प्रचण्ड प्रधानमन्त्री बनेका थिए । प्रचण्डलाई २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

सोमबार, ०९ पुष, २०८०, दिउँसोको ०१:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर