अहिलेसम्म भेदभाव भइरहनु दुःखद : प्रदेश प्रमुख खापुङ

विराटनगर । राष्ट्रिय दलित आयोगले काशी प्रदेशका प्रदेश प्रमुम परशुराम खापुङलाई तेश्रो वार्षिक प्रतिवेदन हस्तान्तरण गरेको छ ।

राष्ट्रिय दलित आयोगका सदस्य टुन्ज बराइलीले तेश्रो वार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई हस्तान्तरण गरेकी हुन । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष ०७९/८० को प्रतिवेदन हस्तान्तरण गरीएको हो ।

प्रतिवेदन बुझ्नुहँदै प्रदेश प्रमुख प्रदेश प्रमुख खापुङले वि.सं. २०२० भाद्र १ गते जारी भएको मुलुकी ऐनले छुवाछुत हुनुहुन्न भनेर तोकिएपनि अहिलेसम्म भेदभाव भइरहनु दुःखद भएको बताएका छन । पछिल्ला दिनमा दलित समुदायबाट स्वास्थ्य सेवामा कार्यरतको हातबाट औषधि नलिनु जस्ता घट्नाले लज्जित बनाएको उनले बताए । यस्ता समस्या दलितको मात्रै नभई राष्ट्रिय समस्या भएको प्रदेश प्रमुख खापुङको भनाइ रहेको छ ।

त्यसैगरी राष्ट्रिय दलित आयोगकी सदस्य बराइलीले दलित समुदायले छोएको पानी मात्रै नभई माया पनि चल्न छोडेको बताइन । युवावस्थामा प्रेम भएपनि जातको कारण मारिनेसम्मको घटना दुःखद भएको उनको भनाई थियो ।

आइतबार, ०८ पुष, २०८०, साँझको ०५:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर