सरकारको कार्यकाल एक वर्ष पुग्दैछ, त्यसपछि नयाँ धक्का दिन्छु : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बनेको एक वर्ष पूरा हुँदै गर्दा नयाँ धक्का दिएर दोस्रो वर्षको काम सुरू गर्ने बताएका छन्।

शुक्रबार सुनसरीमा इनरूवा सब– स्टेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले फेरि अर्को क्रमभंग गरेर आफ्नो दोस्रो वर्षको काम सुरू गर्ने बताएका हुन्।

‘‘प्रधानमन्त्री भएको एक वर्ष पूरा भएपछि नयाँ ढंगले केही धक्का दिएर सुरू गर्दैछु,’ म साँच्चै क्रमभंग गर्दैछु,’ उनले भने। प्रधानमन्त्री प्रचण्डले त्यतिबेला पनि आफूले जनताबाट साथ पाउने विश्वास व्यक्त गरे।

‘‘मुलुकमा एउटा भाष्य बनाइँदैछ, जनतालाई निराश पारिँदैछ, अँध्यारो मात्रै छ, जनता बस्न लायक छैन भनिँदैछ’, उनले भने, ‘यो नकारात्मक भाष्यबाट जनतालाई निराश बनाउने र देशलाई असफल बनाउने षड्यन्त्रबाट सजग रहन सबैलाई अपिल गर्छु।’

उनले अब जनतामा विश्वास जगाउने गरी काम गर्ने बताए। ‘अब सरकारले केही गर्दैछ भन्न् विश्वास जनतामा जगाउनुछ’, उनले अगाडि भने, ‘सरकारको कार्यकाल एक वर्ष पुगेपछि एक धक्का दिने योजना छ। त्यसपछि नयाँ क्रमभंग हुनेछ। सरकारको कामले पनि नयाँ गति लिनेछ।’

 

शुक्रबार, ०६ पुष, २०८०, दिउँसोको ०१:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर