एमालेका अध्यक्ष ओलीमाथि आक्रमण प्रयास गर्ने राईलाई तत्काल रिहा गर्न माग

विराटनगर । प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले धनकुटाको लेगुवामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण प्रयास गर्ने महेश राईलाई तत्काल रिहा गर्न माग गरेको छ ।

एमालेको मध्य पहाडी यात्राका क्रममा राईले गत मङ्सिर २८ गते ओलीलाई धनकुटाको लेगुवामा अभद्र व्यवहार गरेका थिए ।झापाको बुद्धशान्ति गाउँपालिकाका बुलेट किराँती,अञ्जेस राई, र धनकुटाका महेश राईलाई तत्काल रिहा गर्न पहिचानवादीले माग गरेका हुन्। उनीहरूलाई बिनाशर्त तत्काल रिहा नगरेमा संयुक्त सङ्घर्ष समितिले सशक्त आन्दोलन गर्न बाध्य जनाएको छ।समितिले वक्तव्य निकालेर इलाममा बन्दका बेला पिक अप भ्यानमा आगजनी गरेको आरोपमा पुस २ गते प्रहरीले बुलेट किराँती ,अञ्जेस राईलाई झापाको अर्जुनधारा –११ बाट पक्राउ गरेको जनाएको छ।

उक्त आगजनीमा संयुक्त सङ्घर्ष समितिको संलग्नता नभएको जनाइएको छ । पहिचानको आन्दोलन कमजोर बनाउन इलामको रोङ गाउँपालिका९४ किटानीमा मे १ ज ११४० पिकअपमा आगजनी गरी त्यसको दोष संयुक्त सङ्घर्ष समिति बुद्धशान्तिका संयोजक बुलेट किराँती अन्जेस राईलाई लगाइएको दाबी उनीहरूले गरेका छन्।

गत मङ्सिर २८ गते धनकुटाको लेगुवामा ओलीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका राईलाई हप्ता बितिसक्दा धनकुटाका प्रमुख जिल्ला अधिकारीले रिहा गर्न नमानेको उल्लेख छ।

‘घटनाकै दिन पनि एमाले कार्यकर्ताबाट निर्घात कुटिएका र प्रहरीले हतकडी लगाएर हिरासतमा राखिएका महेश राईको श्रीमतीलाई समेत एमाले कार्यकर्ताले धम्क्याएर वक्तव्यबाजी गर्न लगाएकोमा पहिचानवादीहरूको आरोप रहेको छ ।

बिहिबार, ०५ पुष, २०८०, साँझको ०५:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर