स्वदेशी औषधि खरिद गर्न आग्रह

काठमाडौं । कोरोना महामारीका समयमा समाचार सङ्कलनमा खटिएका पत्रकारका लागि नेपाल औषधि उत्पादक सङ्घले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ ।

सङ्घका अध्यक्ष नारायणबहादुर क्षेत्रीले स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष कल्पना आचार्यलाई सर्जिकल मास्क, पञ्जा र ह्याण्ड स्यानिटाइजर मङ्गलबार हस्तान्तरण गर्नुभएको हो ।

सङ्घका अध्यक्ष क्षेत्रीले कोरोना महामारीविरुद्ध अगाडि खटिएर काम गर्ने पत्रकारको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी न्यूनतम स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराइएको बताउनुभयो । उहाँले नेपालमा नै कोरोना नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री उत्पादन भएकाले सरकारले ती सामान खरिदमा प्राथमिकता दिनुपर्र्ने बताउनुभयो ।

मञ्चका अध्यक्ष आचार्यले उपलब्ध सामग्रीले पत्रकारको सुरक्षाका लागि सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

बुधबार, १७ बैशाख, २०७७, बिहानको १०:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर