काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन पुस २३ गते हुने भएको छ ।
पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका २० जना सदस्यका लागि माघ ११ गते निर्वाचन हुँदैछ ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति राष्ट्रिय सभा सदस्यको उम्मेदवार बन्न नपाउने आयोगले जनाएको छ ।