विराटनगर । विराटनगर स्थित कोशी अस्पतालमा उपचारका लागि आएका बिरामीका कुरुवाहरुलाई एक संस्थाले निःशुल्क खाना खुवाउँदै आएको छ ।
दशैंको घटस्थापनाको दिनदेखि ‘नरसेवा नारायण सेवा’ नामक संस्थाले अस्पतालमा आएका विमारीका कुरुवाहरुलाई खाना खुवाउँदै आएको जनाएको छ ।
कुरुवाहरुलाई दैनिकी खाना वितरण गर्दा ११ हजार रुपैयाँसम्म खर्च लाग्ने गरेको संस्थाका अध्यक्ष देवकिनन्दन अग्रवालले जानकारी दिए । कोशी अस्पतालमा दैनिकी ५०० देखि १००० सम्म बिमारीहरु उपचारका लागि आउने गरेका छन् । अस्पतालमा करिब ३ सय विरामी कुरुवा हुने गरेका छन् ।
खानाको लागि सहयोगीहरुले रकमको सहयोग गरेको अग्रवालले बताए । यस खाना वितरण कार्यक्रम १२ महिनासम्म चल्ने अग्रवालले जानकारी दिए ।