विराटनगर । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौंमा दुर्गा प्रसाईले आज गरेको आन्दोलनको विषयमा आफ्नो कुनै प्रतिक्रिया नभएको जनाएका छन् ।
राप्रपाकै कतिपय नेता तथा कार्यकर्ताहरु प्रसाईको आन्दोलनमा सहभागी भएका छन् । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही पनि प्रसाईको कार्यक्रममा सहभागी भएका थिए ।
प्रसाईको आन्दोलनको विषयलाई दुईर दुई धारमा विभाजित बनिरहेको बेला अध्यक्ष लिङ्देनले भने आफ्नै कुनै प्रतिक्रिया नहुने बताएका हुन् । ‘हाम्रा साथीहरु सहभागी भए होला । तर, संस्थागत हाम्रो कुनै निर्णय भएको छैन’, संक्षिप्त कुरा गर्दै उनले भने, ‘आन्दोलनको विषयमा मेरो कुनै प्रतिक्रिया छैन । हामीले यसलाई एकदमै होसियारीपूर्वक हेरिरहेका छौं ।’