इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारी जुट्न एमालेको निर्देशन

विराटनगर । नेकपा एमालेले इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारी जुट्न जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।

एमालेको कोशी प्रदेश कमिटीले जारी गरेको अन्तर कमिटी निर्देशन–२ मार्फत उपनिर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको हो । लाम जिल्ला कमिटीलाई आवश्यक कार्य योजनासहित काममा लाग्न निर्देशन दिएको गरिएको छ ।

एमाले कोशीले जारी गरेको अन्तर कमिटी निर्देशनको ७ नम्बर बुँदामा ‘इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ निकट भविष्यमा हुने उपनिर्वाचनको विषयलाई मध्यनजर गर्दै त्यस जिल्लाले आवश्यक कार्य योजनासहित काममा लाग्न समेत निर्देशन गरिन्छ’, भनिएको छ ।
गत वर्ष भएको निर्वाचनमा उक्त निर्वाचन क्षेत्रबाट एमालेका उपाध्यक्ष समेत रहेका सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका थिए ।

नेम्वाङको गत भदौ २५ गते राति हृदयघात हुँदा निधन भएपछि उक्त स्थानको प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको थियो । र सरकारले चुनाव कहिले गर्ने भन्ने निर्णय भने गरिसकेको छैन ।

बुधबार, ०६ मंसिर, २०८०, साँझको ०७:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर