काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलीय बैठक आह्वान गरेका छन ।
बैठक आज दिउँसो २ बजे सर्वदलीय बस्दैछ ।बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल सहभागी हुने बताइएको छ ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले गरेको मानवीय र भौतिक क्षति तथा राहत एवं उद्धारका विषयमा बैठकमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
अन्य समसामयिक राजनीतिक विषयमा पनि बैठकमा छलफल हुने छ ।