विराटनगर । नेकपा एमालेले काेशी प्रदेश सरकारलाई दिएकाे विश्वासको मत कायमै राख्ने निर्णय गरेकाे छ ।
एमाले काेशी प्रदेश संसदीय दलकाे आज बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
प्रमुख सचेतक रेवतीरमण भण्डारीले दलबाट सरकारमा सहभागी मन्त्री फिर्ता भएपनि विश्वासको मत कायमै रहेकाे बताए । दलकाे बैठकमा बाेल्ने सांसद बुद्धिकुमार राजभण्डारीलगायत केही सांसदले भने एमाले सांसदकाे सहयाेगमा बनेकाे सरकारमा जानुपर्ने बताएका थिए ।
यस्तै एमालेले बजेट अध्यादेश स्वीकृत गर्न सहयाेग गर्ने, कर्णालीका भुकम्प पीडितलाई पारिश्रमिकमा कट्टा हुने गरि राहत सहयाेग गर्ने, दूधकाे बजार व्यवस्थापन गर्न माग गर्नेलगायतकाे निर्णय गरेकाे भण्डारीले बताए ।