काठमाडौं । भूकम्पपछिको क्षतिको अवस्था बुझ्न जाजरकोट र पश्चिम रुकुम पुगेका प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)ले आफुले चढेको हेलिकप्टर उद्धारमा छोड्ने भएका छन । उनी नियमित जहाजमार्फत काठमाडौं आउने भएका छन् ।
नेपाली सेनाको हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रको अवस्था बुझ्न गएका थिए । प्रधानमन्त्री नेपालगञ्जबाट साढे २ बजेको नियमित उडानबाट काठमाडौं आउन लागेको उनको सचिवालयले जनाएको छ ।
आफू गएको हेलिकप्टर उद्धारमा छोडेर प्रधानमन्त्री नेपालगञ्जबाट बुद्ध एयरको नियमित उडानबाट काठमाडौं आउँदै हुनुहुन्छ,’ प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले भने ।
प्रभावित क्षेत्रमा पुगेका प्रधानमन्त्री प्रचण्डले क्षतिको अवस्था बुझ्दै उद्दार, राहत र उपचारमा कुनै कसर बाँकी नराख्न सम्बन्धिन निकायलाई निर्देशन दिएको जानकारी पनि शर्माले दिए ।
६.४ रेक्टरस्केलको भूकम्पमा परी १३६ जनाको मृत्यु हुनुका साथै कम्तीमा १६६ जना घाइते भएका छन् ।