स्थानीय तहलाई स्वास्थ्य सामाग्री प्रदान

पाँचथर । कोरोनाको जोखिमबाट स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न पाँचथरका स्थानीय तहलाई स्वास्थ्य सामाग्री उपलब्ध गराइएको छ ।

पाँचथरबाट प्रतिनिधित्व गर्नुहुने प्रदेशसभा सदस्य एवं प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोको पहलमा स्थानीय तहहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरिएको हो ।

मन्त्री आङ्बोको पहलमा करुणा फाउण्डेशनद्वारा सबै स्थानीय तहलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । जिल्लाका सबै गाउँपालिकाहरुमा पीपीई सेट २ थान, आईआर थर्मोमिटर २ थान, एन ९५ मास्क १० थान, सर्जिकल ग्लोब्स २५० देखि ५०० थान, एक्जामनियो ग्लोब्स २५० देखि ५०० थान प्रदान गरिएको छ । यसैगरी सबै गाउँपालिकामा सेनिटाइटर ५ देखि १० लिटर र हेण्ड वासिङ सोप ४० थानको दरले प्रदान गरिएको छ ।

यस्तै जिल्लाको नगरपालिकामा पीपीई सेट ३ थान, आईआर थर्मोमिटर ३ थान, एन ९५ मास्क १० थान, सर्जिकल ग्लोब्स २५० देखि ५०० थान, एक्जामनियो ग्लोब्स २५० देखि ५०० थान, सेनिटाइटर ५ देखि १० लिटर र हेण्ड वासिङ सोप ४० थानको दरले प्रदान गरिएको छ ।

शुक्रबार, १२ बैशाख, २०७७, बिहानको ०९:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर