तेह्रथुमका १२ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

धरान । र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) मा एण्डिबडी देखिएका तेह्रथुमको मेन्छ्यायाम गाउँपालिकाका ३ सहित १२ जनाको स्वाब परीक्षण गर्दा नेगेटिभ नतिजा आएको छ ।

उनीहरुको स्वाब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा पोलिमरेज चेन रियाक्सन (पीसीआर) परीक्षण गर्दा नेगेटिभ आएको हो ।

स्वास्थ्य कार्यालय तेह्रथुमका प्रमुख डा.योगराज घिमिरेका अनुसार शुक्रबार र शनिबार गरिएको आरडिटी परीक्षणमा कोरोना भाइरसको एन्टिबडी पोजिटिभ देखिएपछि उनीहरुको स्वाब परीक्षण गरिएको थियो । मेन्छ्यायाम गाउँपालिकाका उनीहरु एकै परिवारका थिए ।

जिल्लाका अन्य १२ जनाको प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा नतिजा नेगेटिभ आएको हो । जिल्लामा आइतबार बेलुकी ५ बजेसम्म १ सय ९६ जनाको आरडीटी परीक्षण गरीएकोमा ३ जनाको पोजेटिभ आएको छ । उनीहरुको पनि स्वाब परीक्षण हुनेछ ।

बिपी प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरका अनुसार प्रतिष्ठानमा हालसम्म कुल २ सय ४९ वटा पिसिआर नमुना परीक्षण भएको छ । ती सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिष्ठानमा ४ जना आइसोलेसन वार्डमा उपचाररत छन् भने १८ जना डिस्चार्ज भएका छन्।

आइतबार, ०७ बैशाख, २०७७, रातीको ०८:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर