मिल्स क्रिकेट प्रतियोगितामा वाई आरसिसी र एनबीएससी सेमिफाइनलमा

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टी– २० प्रतियोगितामा वाई आरसिसी क्रिकेट क्लब विराटनगर र एनबीएससी क्रिकेट क्लब विराटनगर विजयी भई सेमिफाइनलमा पुगेको छ ।

विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको पहिलो खेलमा होरा जन क्रिकेट क्लब विराटनगरलाई ५ विकेटले हराउँदै वाई आरसिसी सेमिफाइनलमा पुगेको हो ।

होरा जनले दिएको १८४ रनको विजय लक्ष्य वाई आरसिसी विराटनगरले १८ ओभर ४ बलमा ५ विकेट गुमाइ पूरा गर्‍यो । जसमा दिलीप नाथले ७८ रनको अर्धसतकिय इनिङ खेले । दीपक पासवानले २६ रनको योगदान दिए । सरथ भेष करले ७ रनमा अविजित रहे । बलिङमा वाई आरसिसीका कमल खत्री, सची यादवले समान २/२ विकेट लिए । हेमन्त धामीले १ विकेट लिए ।

यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको होरा जनले निर्धातिर २० ओभरमा ७ विकेट गुमाइ १८३ रनको स्कोर बनाएको थियो । जसमा मिनिष थापाले शतक कटाएका थिए । १०६ रनको योगदान दिने थापा खेलको म्यान अफ द म्याच घोषित भए । उनको ब्याटबाट ८ छक्का र ४ चौका प्रहार भयो । राकेश कामतले २७ रन बनाए । कपिल मण्डलले अविजित १७ रनको योगदान दिए ।

बलिङमा होराइजनका दीपक जोशी, सवर्ण किस्कु, कपिल मण्डलले समान १–१ विकेट लिए ।

सोही दिन भएको दोस्रो खेलमा मिल्स एकेडेमी क्रिकेट क्लब रानीलाई ४९ रनले स्तब्ध बनाउँदै एनबीएससी क्रिकेट क्लब विराटनगर सेमिफाइनलमा पुगेको छ ।

टस जितेर ब्याटिङ रोजेको एनबीएससीले निर्धारित २० ओभरमा ८ विकेट गुमाइ २३९ रनको विशाल योगफल खडा गरेको थियो । जसमा एनबीएससीका विपिन सौरवले ८५ अर्धसतिय इनिङ खेले । विधान गोस्वामीले ४७ रन, प्रशान्त कुमारले ३४ रन बनाए ।

बलिङमा मिल्सले मिरास खानले ४ विकेट लिए । अङ्कित गोस्वामी र दानिसले समान २–२ विकेट लिए ।

२४० रनको विशाल विजय लक्ष्य पछ्याएको मिल्स क्रिकेट क्लबले १९ ओभर ४ बलमा अलआउट भई १९० रनमा सीमित भयो । जसमा विकास लोलियाले ८८ रनको अर्धसतकिय इङनिङ खेले । अभिनन्दनले १५ रन, अङ्कित गोस्वामीले १३ रन बनाए ।

एनबीएससीका अनुभव श्री वास्तवले ३ विकेट लिए । रोहित कुमार र प्रशान्त कुमारले समान २–२ विकेट लिए ।
म्यान अफ द म्याच एनबीएससीका विपिन सौरव घोषित भए ।

सोमबारको खेल ओसिस काठमाडौँ र सप्तरी ११ बिच हुनेछ । सोही दिन हुने दोस्रो खेल दिल्ली देवस र वीरगन्ज यूथ क्रिकेट क्लब बिच हुनेछ ।

आइतबार, १९ चैत, २०७९, साँझको ०५:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर