विराटनगरमा जारी अन्तरस्कुल हव लिग क्रिकेट प्रतियोगिता विनायक र राइजिङ विजयी

विराटनगर । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ केशलिया पुल नजिक रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा शुक्रबार भएको अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगितामा विनायक स्कूल र राइजिङ नेपाल स्कूल विजयी भएका छन् ।

पहिलो खेलमा विनायकले वाल्मिकी स्कूललाई ११ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको विनायकले निर्धारित २२ ओभरमा ४ विकेट गुमाई १ सय ३३ रन बनायो । जस्मा म्यान अफ द म्याच नितेशकुमार पासवानले ५६ रन बनाउँदा कृष साहले २२ रन बनाए । वाल्मिकीका प्रकाश शर्माले २ विकेट लिए ।

१ सय ३४ रनको लक्ष्य पाएको वाल्मिकीले १४ दशमलव ५ बलमा सवै विकेट गुमाउँदै १ सय २२ रन बनायो । जस्मा साहिल खानले ३० रनको योगदान दिए । विनायकका प्रवेश पासवान र शिभम पासवानले ३–३ विकेट लिए ।

शुक्रबारै भएको दोस्रो खेलमा राइजिङ नेपालले मनकामना स्कूललाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेका मनकामनाले निर्धारित २५ ओभरमा ९ विकेट गुमाई १ सय २३ रनको बनायो । जस्मा अमन अन्सारीले ३६ रन बनाउँदा लक्ष्मण तत्माले २६ रन जोडे । राइजिङका राहुल राँय, महमद समर र महमद साहिलले २–२ विकेट लिए ।

१ सय २३ रनको लक्ष्य पछ्याएको राइजिङले १६ दशमलव ४ बलमा ५ विकेट गुमाई लक्ष्य पार गरेको थियो । जसमा म्यान अफ द म्याच महमद साहिलले नटआउट ४७ रन बनाए । मनकामनाका पियूस गुप्ता र लक्ष्मण तत्माले समान २–२ विकेट लिए ।

लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा विराटनगरमा ८ वटा निजि तथा सामुदायिक स्कूल सहभागि रहेको नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अविशेक श्रेष्ठले जानकारी दिए ।

शुक्रबार, १२ फागुन, २०७९, साँझको ०६:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर