भारतीय डाक्टरलाई पनि स्वास्थ्य सुरक्षाको माग

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले नेपालमा कार्यरत भारतीयसहित विदेशी डाक्टरहरुलाई पनि स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउन माग गर्नुभएको छ ।

नेपालका बिभिन्न अस्पतालमा सयौंको संख्यामा भारतीयसहित बिभिन्न मुलुकका डाक्टरहरु बर्षैअघिदेखि कार्यरत रहेकाले उनीहरुलाई पनि स्वास्थ्य वीमासहित स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउन डा.शर्माले माग गर्नुभएको हो ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथामका लागि स्वास्थ्यकर्मीहरु नै अग्रपंतिमा हुने र उनीहरु उच्च जोखिममा हुने भएकाले स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिलाएर काममा प्रोत्साहन गर्नुपर्ने डा.शर्माको माग छ । ‘कोरोना रोकथाम र संक्रमितसँगको फन्ट लाईनमा डाक्टरहरु नै हुन्छन् । यहाँ स्वदेशी मात्र नभई विदेशी डाक्टरहरु पनि धेरै छन्,’ उहाँले भन्नुभयो, ‘यस्तो बेला स्वदेशी विदेशीवीच फरक नछुट्याई सवै स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाएर प्रोत्साहन गर्नुपर्छ ।!

बुधबार, २६ चैत, २०७६, बिहानको ११:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर