विराटनगर । भारतमा जारी साफ यु २० च्याप्यिनसिप अन्तर्गतको नेपाल र बंगलादेशबीच भइरहेको समूह चरणको अन्तिम खेलमा तिन जनाले रातो रातो कार्ड पाएका छन ।
खेलमा बंगलादेशका साहिदुल स्लामले फल गरेका थिए। रेफ्रीले फलको संकेत गरेलगत्तै उनले प्रतिवाद गरेका थिए।
उनले नेपालका कृतिश रत्न छन्जुमाथि फल गरेपछि नेपाली खेलाडीहरु आक्रोशित बनेका थिए। त्यही क्रममा दुवैतर्फका खेलाडीहरुबीच हात हालाहालको स्थिति बनेको थियो।
हात हालाहालपछि रेफ्रीले बंगलादेशका साहिदुल स्लाम र नेपालका दिपेश गुरूङ र बेन्चमा रहेका रोहित सुब्बालाई रातो कार्ड दिएका थिए ।
मैदानभित्र पसेर झगडा गरेका कारण बेन्चका वैकल्पिक खेलाडी सुब्बाले पनि रातो कार्ड पाएका हुन्।
दुवै टोलीका बेन्चमा रहेका प्रशिक्षक र अफिसियलले झगडा साम्य पारेका थिए ।
झगडाका दौरान नेपालका कृतिश रत्न छुन्जु र बंगलादेशका एक खेलाडी लडेका थिए। रेफ्रीले सहायक रेफ्रीद्वय र फोर्थ अफिसियलको सहयोगमा बंगलादेशका कप्तानलाई पहेंलो कार्ड तथा अन्य तीन खेलाडीलाई रातो कार्ड दिएका हुन्।