विराटनगर । विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा चिरफार नगरी मुखबाट इण्डोस्कोप छिराएर पित्तनलीमा रहेको पथरिया निकाल्ने (इआरसिपी)सेवा फेरि सुरु गरेको छ । कोरोना महामारीका कारण दुई वर्षदेखि ध्स्थगित सेवा पुनः सुरु गरेको अस्पतालले जनाएको छ ।
यस उपचार विधिमा मुखबाट ईण्डोस्कोप छिराएर पित्तनलिमा भएको पथरिया चिरफार नगरी इण्डोस्कोप छिराएर सहज ढंगले निकालिन्छ । यो विधिबाट उपचार गर्दा बिरामीलाई धेरै सहज हुने अस्पतालले जनाएको छ ।
सामान्यतया पित्तनलीको ढुंगा पेट र पित्तनली दुबै चिरेर निकाल्ने गरिन्छ । ल्याप्रोस्कोपिक विधिबाट ढुंगा निकाल्दा पनि नली चिर्नै पर्ने हुन्छ । तर, इआरसीपी विधिमार्फत भने चिरफार नगरी ढुंगा निकालिन्छ । यो सेवा नेपालका सीमित अस्पतालहरुमा मात्र छ । ईआरसीपी विधिमार्फत उपचार गर्दा दुई दिनमै बिरामी घर फर्कन सक्ने बताइएको छ ।